इन्स्टीच्युट फर कोअपरेशन एण्ड सोलुशन (आई.सि.एस.) नेपाल

Institute For Cooperation and Solution (ICS) Nepal

हाम्रो बारेमा

हाम्रो बारेमा

समाजमा संञ्चालित विभिन्न संघ संस्थाहरुको अवधारणागत, नीतिगत, व्यवस्थापकीय र विभिन्न संञ्चालन समस्याहरु छन् जसले दीगो संचालन र विकासमा थप जटिलता देखिएको छ । नेपालको शिक्षा प्रणालीमा प्राविधिक तथा व्यहारिक शिक्षाको अभावले दक्ष जनशक्ति उत्पादन हुन नसक्ने, छरितो र पारदर्शी कार्यशैलीको अभाव समेत आजको समस्या हो । संस्था स्थापना गर्न सजिलो छ तर संस्थाको दीगो संचालन र विकासका लागि चाहिने रणनीतिक कौशल एवं योजनागत अभ्यासको अभाव देखिन्छ । मानव संसाधनको विकास, उचित स्थानमा पदस्थापना एंव स्थानान्तर र तालिम एवं आवश्यक सीप ज्ञानको कमी एवं अद्यावधिक नभएको कारण थप समस्या उत्पन्न भईरहेको अवस्था छ । यसो हुनुमा संस्था संचालक तथा उच्च व्यवस्थापनमा भएका पदाधिकारीहरुको दैनिक कार्य प्रतिको व्यस्तता, सोच र उचित व्यवस्थापकीय विज्ञ परामर्शको कमी भएको हो । यी सबै अवस्थाहरुको विश्लेषण गर्दा, संस्था संचालक, उच्च व्यवस्थापन एवं सम्पूर्ण सदस्यहरुको क्षमता, सीप, दक्षता र सदस्य एवं सरोकार निकायहरुको संस्था प्रतिको अपनत्व, भाव र खास श्रृजना गर्नु आजको आवश्यकता रहेको छ ।

बिशेषगरी सहकारी क्षेत्रको दीगो विकास विभिन्न समस्यालाई ह्दयगम गरी व्यवस्थापन प्रक्रियामा देखिएका समस्याहरु, र समग्र संस्थाको सुद्धिढीकरण, शुद्धिकरण, र स्तरीय संचालनका लागि पहल कदमीको प्रयास शुरुआत भएको छ । सहकारी क्षेत्रमा देखिएको केहि समस्याहरुमा सहकारी सिद्धान्तमा विचलन, मुल्य मान्यता र आर्दशको व्यवहारिक कार्यान्वयनमा कमी, पारदर्शी व्यवहार, ज्ञान, सीप र मनोबृत्ति (ASK) मा देखिएको कमजोरी, सुशासनको अभाव जसमा नीति, नियम, आन्तरीक कार्यविधि र कार्यप्रणाली अनुसार संचालन नहुनु, व्यवसायिक वातावरण विश्लेषण साथै रणनीतिक सोच र योजनाबद्ध संचालनमा अभाव, विभिन्न तालिमहरु, क्षमता अभिबृद्धि, वित्तीय व्यवस्थापन र मानव संसाधन एवं स्मार्ट व्यवस्थापनमा कमी देखिएको छ । अतः यिनै बिषयवस्तुहरुमा बिज्ञ परामर्श, र व्यवस्थापकिय सहजीकरण उपलव्ध गराउने मुख्य उद्देश्य सहित स्थापना भएको विज्ञहरुको समुह नै यस इन्स्टीच्युट फर कोअपरेशन एण्ड सोलुशन (आई.सि.एस.) नेपाल हो ।

कम्पनी स्थापनाको औचित्य

आपसी साझेदारी मार्फत सवै प्रकारका सहकारीहरुमा जोखिम रहित दीगो विकासका लागि आवश्यक शसक्तीकरण, रणनैतिक व्यवसायिकता अभिबृद्धि, सदस्य संन्तुष्ठि, नेतृत्व विकास लगायत क्षमता अभिबृद्धिका सम्पूर्ण क्षेत्रमा विशेषज्ञता सेवा सहित परियोजना व्यवस्थापन, लेखापरिक्षण, उद्यमशिलता विकास, सर्वे तथा अनुसन्धानात्मक कार्य एवं प्रविधिगत सेवाहरु उपलव्ध गराउन नेपालको उतकृष्ट परामर्शदाता एवं विशेषज्ञताको रुपमा विकास गर्ने ।

कम्पनीको दुरदृष्टि, ध्येय तथा उद्देश्यहरु

दुरदृष्टिः “सफलताका लागि सहकार्य” कुनै पनि संघ, संस्था एवं व्यवसायलेसोचे अनुसारको उपलब्धी हासील गर्नमा सहकार्य
मार्फत सफलता दिलाउने ।

ध्येयः कम्पनीले संघ संस्थाहरूको व्यवसायीक, वित्तीय, व्यवस्थापकीय सफलतामा सहयोग तथा सहकार्य गर्ने

मुख्य उद्देश्यहरु

  • सम्पूर्ण सहकारीहरूको वित्तीय व्यवस्थापन, बचत तथा ऋण व्यवस्थापन, व्यवसायीक योजना निर्माण, कर्मचारी व्यवस्थापन, सहकारी मार्फत स्वरोजगार श्रृजना आदी क्षेत्रमा परामर्श सेवा प्रदान गर्नु । 
  • सहकारी संस्थाहरूको व्यवसाय विकास, लेखा व्यवस्थापन, कर योजना, सुशासन कायम गर्न मासिक परामर्श सेवा प्रदान
    गर्नु । सहकारी तथा अन्य व्यक्तित्व विकास सम्बन्धी तालिम संचालन गर्नु ।
  • विभिन्न सरकारी तथा गैर सरकारी निकायहरूमा सहकारी, नीजि, तथा सार्वजनिक क्षेत्रका विविध आयाम र कार्यहरूमा
    सहकार्य,
  • नेपाल सरकार तथा विभिन्न तहगत निकायहरू संगको सहकार्य मार्फत सहकारी क्षेत्रको जोखिम रहित तथा दीगो
    विकासमा परामर्श सेवा उपलव्ध गराउने,
  • वित्तीय क्षेत्र, सहकारी लगातका क्षेत्रमा लामो अनुभव भएका व्यक्तिहरूका पुस्तक प्रकाशन तथा बिक्री एवं वित्तरण, ।