इन्स्टीच्युट फर कोअपरेशन एण्ड सोलुशन (आई.सि.एस.) नेपाल

Institute For Cooperation and Solution (ICS) Nepal

कार्यकारी अध्यक्षको भनाई

सहकारी क्षेत्र प्राविधिक बिषय हो, सहकारी क्षेत्र देशको समाजवाद उन्मुख अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रुपमा रहेको, सहकारीको विश्व संजाल मजबुद रहेको, सहकारी क्षेत्रबाट आर्थिक परिचालन करीव १४ प्रतिशतको हाराहारिमा र कुल ग्राह्यस्थ उत्पादनमा करीव ५ प्रतिशत योगदान रहेको, कल जनसंख्याको २१ प्रतिशत भन्दा बढी आवद्ध रहेको साथै प्रत्यक्ष १ लाख र अप्रत्यक्ष रुपमा ५ लाखलाई रोजगारी प्रदान गरेको क्षेत्र हो । हाल सहकारी संघ सस्थामा व्यवस्थापकि सिप, अनुभव र सूचनामा कमी भएको कारण तथा संस्था संचालनमा सकारात्मक धारणामा विचलनका कारण केहि समस्याहरु पनि देखिन थालेको छ । यसै परिप्रेक्षमा, सहकारी, वित्तीय, सामाजिक, प्राविधिक क्षेत्रका विज्ञ मतिष्कहरुको उपयोग गरी सहकारी, गैसस, कम्पनी, नीजि तथा व्यवसायिक क्षेत्रको विकास प्रर्वद्धन र उत्थानशिलता अभिबृद्धिमा जुट्ने विज्ञहरुको समुहु नै इन्स्टिच्युट फर कोअपरेसन एण्ड सोलुसन नेपाल प्रा.लि. (ICS Nepal) हो । यस कम्पनीको अध्यक्षको हैसियतमा तपाईहरुको समस्या समाधान र विशेषज्ञता सेवा उपलब्ध गराउन खोज्नु मेरो र कम्पनीको सम्मानको कुरा हो । अहिले सम्म, हामीले विभिन्न सामाजिक संघ संस्था, विशेषत सहकारीहरुलाई व्यवस्थापकिय, नेतृत्व क्षमता अभिबुद्धि र विभिन्न तालिमहरुमा सहजीकरण गरिसकिएको छ, यस्तो अवसर प्रदान गर्ने सम्पूर्ण सहकारी, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरु, व्यवसायिक निकायहरुलाई तपाईहरुले प्रदान गर्नु भएको सेवा, विश्वास र सहयोगको लागि हार्दिक धन्यवाद दिन चाहन्छु ।

ICS Nepal को प्राथमिक लक्ष्य भनेको नैतिकता र व्यावसायिकताको उच्चतम स्तरको पालना गरी विभिन्न संघ संस्था, व्यवसायिक निकाय र सहकारीहरुको लागि उच्च स्तरको सेवाहरु प्रदान गर्नु हो। तिनीहरूको विशेष आवश्यकताहरू बुझेर र तिनीहरूको उत्कृष्ठ र दीगो संचालनलाई सुनिश्चित गरी सबैभन्दा योग्य र प्रभावकारी कर्मचारीहरू, सदस्य एवं लक्षित वर्गहरु केन्द्रित सेवा प्रभावलाई सहजीकरण गर्नु र सबै सरोकारवालाहरूलाई मूल्यलाई बढवा दिन समर्पित छौं।


विज्ञहरूको हाम्रो प्रतिवद्ध टोली उत्कृष्टताको लागि एक नमूना हो, व्यक्ति र संस्था दुवैमा सकारात्मक प्रभाव पार्ने इमानदारीता, विशेषज्ञता, उत्कृष्ठता एवं मुल्य श्रृखलामा वढवा दिनु कम्पनीको ध्येय हो। हाम्रो सफलता गुणस्तरीय सेवाहरूसँग कत्तिको नजिक छ भन्ने कुरामा हामी सचेत छौ। नतिजाको रूपमा, हामी व्यक्तिगत सेवा प्रदान गरेर र पारस्परिक सम्मान र इमानदारीमा स्थापित ठोस, दीर्घकालीन सम्बन्धहरू विकास गरेर निरन्तर रूपमा ग्राहकको अपेक्षाभन्दा माथि जान कडा मेहनतमा हामी विश्वास गछौ । हाम्रो कम्पनी भित्र सिर्जनशीलता, नवप्रवर्तन र निरन्तर सुधारको संस्कृति सिर्जना प्रति आईसीएस नेपाल प्रतिवद्ध रहेको छ । हामी निरन्तर हाम्रो टोलीका सदस्यहरूको वृत्ति विकासमा लगानी गछौं, उनीहरूलाई ज्ञान र क्षमताहरू प्रदान गर्दै, तिनीहरूले व्यवसायको परिवर्तन मागहरू पूरा गर्न आवश्यक उत्कृष्टता, नैतिकता र व्यावसायिकता प्रदान गर्न सक्नु हुनेछ भन्ने विश्वास लिदै, यस कम्पनीमा आवद्ध सवै विज्ञ समूहलाई पनि विशेष धन्यवाद दिन चाहन्छौ । यस क्षेत्रमा, हामी नैतिक व्यवहार, अनुपालन, र उचित गुणस्तरीय सेवाहरूको समर्पण लागि हामी एक जुट भएका छौं, हाम्रा सबै सरोकारवाला निकायहरूसँग, हामी लगातार तिनीहरूको अपेक्षाभन्दा माथि जान कडा मेहनत गर्नु इन्स्टीच्युट फर कोअपरेशन एण्ड सोलुसन नेपाल प्रालिको आगामी दिशानिर्देश हो ।


हामी उत्कृष्टताको लागि प्रयास गर्ने, सफलताका लागि सगसगै जाने र हाम्रा सबै आवद्ध र सेवा ग्राहीहरुलाई सफलतामा लैजान दृढ छौ जसका लागि यहाँहरुलाई हार्दिक आह्वान गर्दछौ। हामी तपाईंहरुको सफलतामा चिन्तित छौ, अवसरको खोजीमा छौ र तपाईहरुको उत्कृष्ठता, दीगोपना र विशिष्ट संचालनका लागि विशेषज्ञ टोलीको रूपमा काम गर्ने र तपाईंको सफलतालाई सार्थक बनाउन हामी उद्धत र उत्साहित छौं । धन्यवाद ।