प्रमुख कार्यकारी अधिकृतको प्रतिवद्धता
बिगत १८ बर्ष देखि सहकारी क्षेत्रमा अनवरत रुपमा विभिन्न प्रारम्भिक बचत तथा ऋण सहकारी www संस्थाहरुको प्रमुखको भूमिका निर्वाह गर्दै बचत तथा ऋण सहकारीहरुको केन्द्रीय संघमा समेत केही बर्ष संस्थाहरुको स्तरीकरण तथा तालिम सहजकर्ता रुपमा कार्य गर्दै आफ्नो अनुभव ज्ञान र सीपको सही सदुपयोगका लागि मिति २०८० साल श्रावण ५ गतेबाट विधिवत रुपमा यस इन्स्टीच्यूट फर कोअपरेसन एण्ड सोल्सन नेपाल (आईसीएस नेपाल) प्रा.लि.को स्थापना गरिएको छ । प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी मेरो लागि अवसर र चुनौती दुवै सम्मिलीत यस क्यरियरमा ठोस भूमिका निर्वाह गर्ने र हाल सम्मालिरहेको जिम्मेवारी प्रति अत्यन्तै हर्षित साथै पदीय जिम्मेवारीले मलाई थप कार्य हौसला प्रदान गर्ने कुरामा हुटहुटी प्रद्वानु गरेको छ ।
वास्तवमा नेपालका सहकारी संस्थाहरु संख्यात्मकतामा धेरै भएता पनि गुणत्मकरुपमा बिकासित हुन सकिरहेको अवस्था छैन । करीव ३० हजारको संख्यामा रहेका सहकारी संस्थाहरु मध्ये केही सहकारी संस्थाहरुको गतिविधि शुन्य रहेको छ भने केही सहकारीहरु बैंक तथा वित्तीय संस्थाहरुको हाराहारीमा कारोबार गर्दछन् भने केही सहकारी संस्थाहरुको संचालन प्रक्रियामा त्रुटीभई जोखिममा रहेकाछन । नेपालमा धेरै जसो सहकारी संस्थाहरुमा सक्षम नेतृत्व, दक्ष जनशक्ति, योजनाबद्ध क्रियाकलाप तथा सहकारी संचालन सम्बन्धी ज्ञान, सीप र धारणामा कमी भएका कारण सहकारी संस्थाहरुको उल्लेख्य बृद्धि बिकास नभएको अवस्थामा यस आईसीएस नेपालको व्यवस्थापन प्रमुखको हैसियतले सहकारी, व्यवसायिक र सामाजिक संघ संस्थाहरुको गुणात्मक विकासका हाम्रा बिषयविज्ञ समुहको सहकार्य सहित संधै लागि रहने प्रतिवद्धता व्यक्त गर्दछु ।
आईसीएस नेपालले स्थापना देखि नै सहकारी संस्थाहरुको वृद्धि विकासका लागि सारथीको रुपमा कार्य गर्ने, सहकारी संस्थाहरुको व्यवसायीक विकासका लागि नियमति रुपमा प्राविधिक सहयोग गर्ने, सफलताका लागि सहकार्य भन्ने यस कम्पनीको दुरदृष्टिलाई सार्थकता दिने र उद्यमशीलता विकासका लागि सहकारीसंग सहकार्य गर्ने उद्देश्य प्राप्तिमा हाम्रो टीम लागि पर्ने प्रतिवद्धता व्यक्त गर्दै, आगामी समयमा यहाँहरुको अमुल्य सुझाव, सेवा, सहकार्यको अपेक्षा लिएको छु। सफलताका लागि सगसगै अघि बढ्ने हाम्रो सोच अनुरुप, हालसम्म विभिन्न राष्ट्रिय, अन्तराष्ट्रिय संघ संस्थाहरु, व्यवसायिक निकाय, सहकारी संघ संस्थाहरुले हामीलाई विश्वास गरी यहाँहरुको लक्ष्य प्राप्ति र भ्याल्यु एडका लागि हामीलाई प्रदान गर्नुभएको अवसर प्रति पनि कृतज्ञ रहेका छौ र आगामी दिनहरुमा पनि निरन्तर सेवा गर्ने मौकाको अपेक्षा साथ सवैलाई हार्दिक धन्यवाद दिन चाहन्छु
धन्यवाद ।
धन्यवाद ।

