टीम
कम्पनी संचालकहरु
प्रकाश प्रसाद पोखरेल
निर्देशक (अध्यक्ष)
प्रकाशप्रसाद पोखरेल, अध्यक्ष (४५), ग्रामिण अर्थतन्त्रमा सहकारीको प्रभाव, सहकारीता, सहकारी मार्फत व्यवसायिकता र सहकारीको उदयीमान सवालहरुमा रुची राख्ने पोखरेलले सहकारी क्षेत्रमा वि.स. २०५० सालदेखि निरन्तर सहकारी क्षेत्र मा लागिरहेको एक सफल सहकारीकर्मी हुन । वि.स. २०५० मा समुह बचतको प्रर्वद्धन र विभिन्न समुहहरुलाई मर्ज गरी सहकारी निमार्ण र विभिनन संघ संस्था, राष्ट्रिय र अन्तराष्ट्रिय गैससहरुमा समेत सहकारी र उद्यमशिलता क्षेत्रमा निरन्तर कार्यरत रहि लोटश अपरच्युनिटिज, एसएनभि नेपाल, युएस एआईडि, डव्लु डव्लु एफको परियोजनामा, एग्रिटेराको सहयोगमा केन्द्रिय चिया सहकारी संघलाई समेत लाइ विशेषज्ञ सेवा प्रदान गरि सक्नु भएको छ । महिला जागरण संघ इलाममा महिलाहरुको आर्थिक तथा समाजिक क्षेत्रमा सहयोग जसमा सहकारी र उद्यमशिलता प्रमुख कार्यक्षेत्र रहेको जहाँ उँहाको ७ बर्षको योगदान छ । सहकारीको प्रर्वद्धन, क्ष्मता अभिबृद्धि र बैक र वित्तिय संस्थाहरु समक्ष करीव २०० भन्दा बढी सहकारीहरुलाई
वित्तीय पहुँच अभिबृद्धि गराउन ठुलो योगदान छ । रिड नेपालमा ५ बर्षको कार्यकालमा व्यवसाय व्यवसाय विकास अधिकृत र परियोजना प्रवन्धक रहि सहकारी, उद्यमशिलता, विपद्जोखिम न्यूनिकरण र शिक्षा क्षेत्रमा योगदान । नेफ्स्कूनमा नायव प्रमुख कार्यकारी अधिकृत १ बर्ष र प्रमुख कार्यकारी अधिकृत सहित ४ बर्षको सेवा सम्पन्न गरेका, पोखरेलले २ दशकमा सहकारीलाई नै प्रमुख कार्यक्षेत्र बनाई उक्त समयमा नेपालमा ७०० भन्दा बढी सहकारीको निमार्ण, प्रर्वद्धन, विभिन्न तालिम सहजीकरण, वित्तीय पहुँच मा सहयोग गरेका छन्। सहकारीको व्यवसायिकता, सुशासन अभिबृद्धि र रणनीतिक व्यवसायिक योजना निर्माणमा विशेषज्ञता राख्ने पोखरेलले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका करीव ३०० भन्दा बढी तालिम र अनुभव प्राप्त गरेका छन्भने, जनप्रशासन, व्यवस्थापन संकाय अन्र्तगत एमफिलमा उत्कृष्ठ अंक सहित विशिष्ठ श्रेणीमा र व्यवस्थापन संकाय अन्र्तगत एविएस प्रथम श्रेणीमा शिक्षा प्राप्त गर्नु भएको छ
कृष्ण प्रसाद आचार्य
प्रवन्ध निर्देशक
कृष्ण प्रसाद आचार्य, प्रवन्ध निर्देशक (४०), त्रि.वि. बाट स्नातकोत्तर शिक्षा प्राप्त, आचार्य अंगे्रजी बोर्डिङ्ग स्कूल, इलाममा २ बर्ष शिक्षणबाट आफ्नो पेशाको शुरुवात गरका उनी २००७ सम्म बरबोटे बचत तथा ऋण सहकारी संस्था लि, मा व्यवस्थापक र महिला जागरण संघमा लेखा अधिकृत पदमा २ बर्ष, पीपलबृक्ष बचत तथा ऋण सहकारी संस्था लि, नयाँ बानेश्वर, काठमाण्डौमा व्यवस्थापक पदमा १ बर्ष, सिन्धु कन्टेनर बचत तथा ऋण सहकारी संस्था लि. सिन्धुपाल्चोकमा प्रमुख कार्यकारी अधिकृत पदमा ६ बर्ष प्रारम्भिक सहकारीको व्यवस्थापकीय अनुभव रहेको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ, काठमाडौमा ३ बर्ष तालिम अधिकृत पदमा रही काम गरेको साथै सामूहिक बचत तथा ऋण सहकारी संस्था लि, भक्तपुरमा प्रमुख कार्यकारी अधिकृत पदमा १ बर्ष कार्य अनुभव र काठमाण्डौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि (कास्कून) मा प्रमुख कार्यकारी अधिकृतका रुपमा १ बर्ष कार्य गरी सहकारी क्षेत्रमा विशिष्ट योगदान बटुलेका छन्। ईनोभेटिभ सोलुसन एण्ड रिसर्च सेन्टर प्रा.लि., काठमाण्डौंमा १ बर्ष प्रबन्ध निर्देशक पदमा र काठमाण्डौ टेक्निकल स्कूल, काठमाण्डौंमा १ बर्ष कार्यक्रम निर्देशक पदमा कार्यगरिसकेको अनुभव रहेको छ । हाल, काठमाण्डौं जिल्ला बचत तथा ऋण
सहकारी संघ लि (कास्कून) मा संचालक सदस्यमा कार्यगरिरहनु भएका आचार्य तालिम सहजीकरण, सहकारी व्यवस्थापन, नेतृत्वमा अबल भूमिका निवार्ह गरिरहनु भएका उनी राष्ट्रिय र अन्तराष्ट्रिय तालिम लिई प्रष्ट र प्रेरक वक्ताको रुपमा पनि चिनिनु हुन्छ र वहाँरोटरी क्लब अफ गोंगबुको सदस्य पनि हुनुहुन्छ ।
सचिन भट्टराई
प्रमुख कार्यकारी अधिकृत
सचिन भट्टराई, प्रमुख कार्यकारी अधिकृत (३७)ः विगत १८ बर्ष अर्थात २०६२ साल देखि सहकारी क्षेत्रमा प्रवेश र्नुभएका यस आईसीएस नेपालका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सचिन भट्टराई सहकारी क्षेत्रको संस्थागत कासका क्षेत्रमा विशेष दखल राख्नु हुन्छ । उहाँले १८ बर्षको अन्तरालमा करिब १ दर्जन प्रारम्भिक सहकारी संस्थाहरुमा व्यवस्थापन प्रमुखको भुमिका निर्वाह गर्नु भएको छ भने उहाँकको करिब १ बर्ष राष्ट्र बैंकको घ बर्गको एनएमवि र दिव्य(हाल किसान) लघुवित्तमा आन्तरिक लेखा परिक्षक तथा लेखा तथा प्रशासन विभाग प्रमुख क्रमशः भुमिका समेत निर्वाह गर्नु भएका भट्टराईले करिब ३ बर्ष बचत तथा ऋण सहकारी संस्थाहरुको केन्द्रीय छाता संघ (नेफ्स्कून) मा रहेर उक्त संघद्वारा संचालित सदस्य गुणस्तरीयताका कार्यक्रम कर्वस तथा प्रोबेसन जस्ता कार्यक्रममा करिब ५० भन्दा बढी प्रारम्भिक सहकारी संस्थाहरुको लगत रुपमा नै निरीक्षण गर्नु भएको अनुभव छ । सहकारीसंग सम्बन्धित तालिम सहजीकरण समेत गर्नु भएकोछ । नेफ्स्कून, जिल्ला बचत तथा ऋण सहाकारी संघ काठमाण्डौ, प्रयास नेपाल नामक, गैसस तथा विभिन्न प्रारम्भिक सहकारी संस्थाहरुको तालिम सहजीकरणमा । व्यवस्थापन बिषयमा स्नातक गर्नुभएका भट्टराई व्यवसायीक रुपमा लेखा व्यवस्थापन तथा सहकारीहरुकोआन्तरीक लेखा परीक्षक पनि हुनु हुन्छ । ग्रामिण विकासमा स्नाताकोत्तर गरी हाल भारतको सीएको अन्तिम चरणमा रहनु भएका उनी सहकारी संस्थाहरुको वित्तीय विश्लेषण (पल्र्स), सहकारी संघसंस्थाहरुको सुपरीवेक्षण, अनुगमन तथा विभिन्न तालिमहरुमा समेत विशेष दखल रहेको छ ।
(ख) बिषय विज्ञ परामर्शदाताहरु
डा. सुर्दशन प्रसाद रेग्मी
अनुसन्धानकर्ता
9843495580
नर बहादुर थापा
नीति तथा आर्थिक बिश्लेषक
9851211477
केशव प्रसाद पोख्रेल
सहकारी विज्ञ
9842073383
अमर थिङ
विशेषज्ञ
9818229829
छत्र बहादुर खत्री
विशेषज्ञ
9851221250
श्याम कृष्ण दाहाल
सम्पत्ती सुद्धिकरण बिज्ञ
9851228282
अनुप कोइराला
विशेषज्ञ
9857035001
कुवेर निरौला
सहकारी विज्ञ
9857035001
सि.ए. दिपक आचार्य
विश्लेषक
9857035001
सि.ए. सुरेश खतिवडा
विश्लेषक
9840052270
बिनोद अधिकारी
बिज्ञ
9841641103
गोपाल पौड्याल
विज्ञ
9852680316
मनोज थापा
विज्ञ
9841635006
लेखनाथ पौड्याल
विज्ञ
डा. प्रकास श्रेठ
अनुसन्धानकर्ता
9841436953
पुष्कल निरौला
लेखा विज्ञ
Position
9851039677
शितल थपलिया
प्राविधिक
9851146179
(ग) सल्लाहकार
श्री डि.वि. बस्नेतः
सल्लाहकार
श्री डि.वि. बस्नेतः सहकारी, व्यवसाय प्रर्वद्धन एवं उद्यमशिलता सहकारी क्षेत्रमा विशेषतः नेतृत्व तहमा रहि सहकारी अभियानलाई सहकारी महासंघ, नेफ्स्कून, प्रदेश, जिल्ला तथा प्रारम्भिक सहकारीहरुमा करीव ३ दशक देखि नेतृत्व तहमा रहि नेपालमा सहकारी अभियानको परिचयलाई अव्वल बनाउनका साथै उद्यमशीलता क्षेत्रमा पनि नेतृत्व तहमा रहि विशिष्ट योगदान गर्नु भएको छ । वहाँकोसहकारी, उद्यमशीलता, व्यवसाय विकास एवं प्रर्वद्धनमा लामो र नेतृत्वदायी अनुभव रहेको छ । हाल वहाँ राष्ट्रिय सहकारी महासंघमा उपाध्यक्ष, नेफ्स्कूनमा निर्वतमान अध्यक्ष तथा सल्लाहकार, नेपाल उद्योग बाणिज्य महासंघ, कृषि उद्यम केन्द्रमा सभापति एवं समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा सदस्य जस्ता भूमिका एवं जिम्मेवारीहरु निर्वाह गरिरहनु भएको छ ।




